BBC News, नेपाली - होमपेज
मुख्य समाचार
इरानले चाँडै सम्झौता नगरे ऊर्जाकेन्द्र र तेलखानी 'ध्वस्त' पारिदिने ट्रम्पको नयाँ चेतावनी
इरानी अधिकारीहरूले अमेरिकासँग वार्ता भइरहेको भन्ने विवरण असत्य भएको दाबी फेरि गरेका छन्।
ट्रेड यूनिअन खारेजी नमान्ने यूनिअनहरूको चेतावनी, कारण केके
बीबीसीसँग कुरा गर्दै ट्रेड यूनिअनका प्रतिनिधिले सरकारले आफ्ना सङ्गठनहरू खारेज गरेमा केकस्ता कदम चाल्ने भन्ने विषयमा परामर्श गरिरहेको बताएका छन्।
हङकङमा स्थापित हुने चिनियाँ प्रविधि कम्पनीहरूको प्रयास, कारण र असर केके
चीनका प्रविधि कम्पनीका लागि हङकङ पैसा उठाउने, विदेशी सेवाग्राहीका लागि उत्पादनहरू परीक्षण गर्ने र विदेशी विस्तारका लागि विश्वसनीयता निर्माण गर्ने ठाउँको रूपमा महत्त्वपूर्ण बन्दै गएको छ।
केपी ओली र रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमा 'कारण देखाऊ' आदेश
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य र पूर्वगृहमन्त्री रमेश लेखककी पत्नी यशोदा लेखकद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा सर्वोच्च अदालतका दुई अलगअलग इजलासमा सुनुवाइ भएका थिए।
'इन्ट्रान्स र ब्रिज कोर्स बन्दको निर्णय प्लस टू सम्मलाई, माथिल्लालाई नियमन मात्रै'
शिक्षा मन्त्रालय र शिक्षामन्त्रीले दिएका विवरणलाई केहीले आपसमा बाझिएको ठानेका बेला शिक्षा क्षेत्रका कतिपय जानकारले उक्त निर्णय केवल 'प्लस टूसम्म' सीमित भएमा खासै अर्थ नराख्ने टिप्पणी गरेका छन्।
सरकारको १०० कार्यसूची: 'कार्यान्वयन कठिन र तर सम्भव'
नयाँ सरकार गठन भएको भोलिपल्टै सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, कर्मचारीतन्त्रमा सुधारदेखि सुशासनका लागि अनुसन्धान गर्नेलगायत विभिन्न विषयहरू समेटिएको १०० वटा कार्यसूची सार्वजनिक गरेको छ।
'एक करोडभन्दा धेरै' निष्क्रिय खातामा 'अर्बौँ रुपैयाँ', राज्यकोषमा कसरी आउँछ?
नेपालमा बचत खाता तीन वर्षदेखि कारोबार नभएमा र चल्ती खाताका हकमा एक वर्षदेखि कुनै कारोबार नभएमा त्यो निक्रिय हुने भन्ने व्यवस्था छ। तर अहिलेको व्यवस्थामा २० वर्षपछि मात्र त्यो राज्यकोषमा आउन सक्ने व्यवस्था छ। नयाँ योजना कार्यान्वयन गर्ने के गर्नुपर्छ?
रोचक भिडिओ
अनि यो पनि
भिडिओ, स्ट्रेट अफ होर्मुजको सङ्कटको असर इन्टरनेटमा, समयावधि 3,01
स्ट्रेट अफ होर्मुजको सङ्कटको असर इन्टरनेटमा कसरी?
के खाडी मुलुकमा नेपालीले रोजगारी गुमाउन थालेका हुन्?
बीबीसीसँग कुरा गरेका केही नेपालीका अनुसार खाडी क्षेत्रका देशका कतिपय रोजगारदाताले बेतलबी बिदा बस्न र कतिपयले हालका लागि खान,बस्न पुग्ने न्यूनतम रकममा काम गर्न भन्न थालेका छन्।
खाडी देशहरूले इरानविरुद्ध जबाफी कारबाही नगर्नुका कारण
विज्ञहरूका अनुसार खाडी देशहरू युद्धमा प्रत्यक्ष संलग्न हुन हिच्किचाइरहेका छन् तर अनन्तकालसम्म आक्रमण सहेर बस्ने पनि देखिँदैन।
भिडिओ, हाम्रो ब्रह्माण्डको अन्त्य कसरी होला, समयावधि 1,25
वैज्ञानिकहरूले ब्रह्माण्डको अन्त्य कसरी होला भनेर व्याख्या गर्न केही सिद्धान्त प्रतिपादन गरेका छन्।
भदौ आन्दोलनको अनुसन्धान प्रतिवेदन 'बाहिर ल्याउँदै' मानव अधिकार आयोग
मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएपछि गौरीबहादुर कार्की आयोगको प्रतिवेदन पनि बाहिर ल्याउन दबाब बढ्ने कतिपय जेन जी प्रतिनिधि बताउँछन्।
नेपाल निर्वाचन २०८२
समानुपातिक सीट बाँडफाँटपछि अन्तिम निर्वाचन परिणाम सङ्ख्या र नक्सामा
प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २१ गते भएको मतदानको अन्तिम परिणाम
निर्वाचनमा मधेशमा चलेको लहर र त्यसको दुईथरी विश्लेषण
तराई-मधेशको ३२ सीटमध्ये रास्वपाले ३० सीट एक्लैले जित्नु अनि मधेश-आधारित दलहरूले कुनै पनि सीट जित्न नसक्नुको राजनीतिक अर्थ के होला?
रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद् कत्रो हुन्छ
बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर रास्वपा निर्वाचनमा सहभागी भएको हो।
प्रधानमन्त्री नियुक्तिका दुइटा बाटा, यस्तो छ मतगणना सकिएपछि नयाँ सरकार बन्ने प्रक्रिया
समानुपातिक प्रणालीतर्फको मतगणना सकिएपछि पनि नयाँ सरकार गठन हुन अझै एक साताभन्दा बढी समय लाग्ने देखिएको छ।
भारत, चीन र अमेरिकाप्रति बालेन सरकारको सम्भावित नीति
झन्डै दुईतिहाइ बहुमतसहितको शक्तिशाली सरकारको नेतृत्व गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले भारत, चीन र अमेरिकासँगको कूटनीतिक सम्बन्धमा के कुरालाई प्राथमिकता दिने छ?
थप समाचार
विज्ञान तथा प्रविधि
नक्कली कपालमा स्तन क्यान्सरसँग जोडिएका रासायनिक पदार्थ भेटिएको वैज्ञानिकहरूको दाबी
विश्वभर दशौँ हजार महिलाहरू नक्कली कपाल लगाउँछन् तर त्यस्ता नक्कली कपालमा स्तन क्यान्सरसँग जोडिएका, होर्मोनल परिवर्तन कारक वा प्रजनन क्षमतामा असर गर्ने तत्वहरू पाइएको वैज्ञानिकहरूले बताएका छन्।
नाकका दुई प्वालबाट किन पालो गरेर सास फेरिन्छ
हामीलाई थाहै नभईकन हाम्रो नाकको प्वालहरूले दिनमा कैयौँ पटक सास फेर्न पालो गरिरहेका हुन्छन्।
मङ्गल ग्रहको साटो चन्द्रमामा बसाउन लागिएको इलोन मस्कको 'आत्मनिर्भर सहर'
एक्स, टेस्ला र स्पेसएक्स कम्पनीहरूका मालिक तथा विश्वका सबभन्दा धनाढ्य व्यक्तिमध्येका इलोन मस्कले चन्द्रमामा '१० वर्षभन्दा कम समयमा' सहर बसाउन सकिने भनेका छन्। उनको भनाइ कति यथार्थपरक छ?
भिडिओ, आकाश किन नीलो देखिन्छ, के यसको रङ्ग फेरिन सक्छ, समयावधि 1,28
पृथ्वीमा कुनै कालखण्डमा आकाश नीलो थिएन। वैज्ञानिकहरूका अनुसार यसको रङ्ग फेरि पनि फेरिन सक्छ।
पृथ्वीले 'निलेको' एउटा रहस्यमय ग्रह जसले चन्द्रमा बन्न सघायो
वैज्ञानिकहरूको विश्वासमा अन्दाजी साढे चार अर्ब वर्षअघि एउटा रहस्यमय ग्रह 'थीआ' पृथ्वीसँग ठोक्किएपछि यसमै गाभिएको थियो।



























































