इन्द्रजात्रा: महिलाहरूले एक दिन रथ तान्ने र प्रसादमा जाँड खाने प्रचलन

भिडिओ क्याप्शन सुरु हुँदैछ, इन्द्रजात्रा: महिलाहरूले एक दिन रथ तान्ने र जाँड खाने जात्रा
Published

आज इन्द्रजात्राको अन्तिम दिन।

काठमाण्डूमा हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिं (लिङ्गो) ठड्याएर सुरु हुने येँया अथवा इन्द्रजात्राका क्रममा श्वेत भैरवको मुखबाट प्रसाद (जाँड) र समयबजी वितरण गरिन्छ।

केही वर्ष यता महिलाहरूले एक दिन प्रसादको रूपमा जाँड र समय बजी खाने तथा जीवित देवी भनिने कुमारीको रथ तान्ने काम गर्दै आएका छन्।

श्वेत भैरवको मुखबाट निस्कने जाँड खाँदा विभिन्न रोगहरू निको हुने जनविश्वास छ।

बसन्तपुर दरबार क्षेत्रबाट जीवित देवी कुमारीसहित गणेश र भैरवको रथयात्रा गरेर यो जात्रा आठ दिनसम्म मनाइन्छ। 

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि: