टर्कीः जङ्गलमा गुराँसको मह खाएर बच्चा भालु ‍मातेपछि...

भिडिओ क्याप्शन सुरु हुँदैछ, जङ्गली फूलको मह खाएर भालुको बच्चा मातेपछि...
Published

टर्कीको एउटा राष्ट्रिय निकुञ्जमा अशक्त अवस्थामा फेला परेको खैरो भालुको एउटा गद्दुलाई वनरक्षकहरूले उद्धार गरे।

भालुकी यो बच्चीले मात लगाउने गुराँसको मह खाएकी थिई।

टर्कीको भाषामा गुराँसको त्यस्तो महलाई 'डेल्बाल' भनिन्छ।

उपचारका लागि लैजान लागिएको यो गद्दु पूरै मदमत्त र अशक्त देखिन्छे।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि