नेपाल निर्वाचन २०७९: एघारौँ पटक वडाध्यक्ष बन्न तम्सिएका ८१ वर्षीय नरसिंह व्यञ्जनकार

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल निर्वाचन २०७९: ११औँ पटक वडाध्यक्ष बन्न तम्सिएका ८१ वर्षीय नरसिंह व्यञ्जनकार
Published

ललितपुर महानगरपालिका वडा नं १० का ८१ वर्षीय नरसिंह व्यञ्जनकारले आसन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

विसं. २०२९ सालदेखि निरन्तर वडाध्यक्षमा उठिरहेका व्यञ्जनकार विजयी भएमा उनले ११औँ कार्यकाल त्यो पदमा बिताउने छन्।

व्यञ्जनकारले भन्छन्, "पछिल्लो कार्यकालमा गर्न नसकेका काम यस पटक गर्न उम्मेदवारी दिएको हुँ र अर्को चुनावका लागि स्वतन्त्र उम्मेदवार पनि तयार गर्छु।"

उनीसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।