महिला स्वास्थ्य नेपाल: महिलामा किन बढी अन्धोपन?

भिडिओ क्याप्शन सुरु हुँदैछ, महिलामा किन बढी अन्धोपन?
Published

नेपालमा विभिन्न आर्थिक तथा सामाजिक कारणले पुरुषको तुलनामा महिलामा अन्धोपनको समस्या बढी रहेकोएक एक अध्ययनले देखाएको छ।

तिलगङ्गा आँखा प्रतिष्ठान र नेपाल नेत्रज्योति सङ्घले स्वास्थ्य मन्त्रालयको समन्वयमा सन् २०२० मा गरेको सर्वेक्षणले यस्तो तथ्याङ्क देखाएको हो।

उक्त सर्वेक्षणका अनुसार हाल नेपालमा ४०,००० बढी दृष्टिविहीन रहेका छन् भने तीमध्ये झन्डै ६० प्रतिशत महिला रहेको अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीका क्षेत्रीय संयोजक युद्ध सापकोटाले बताए।

नेपालमा महिलामा अन्धोपनको समस्या बढी हुनुका कारण र त्यसको निवारणबारे तिलगङ्गा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङसँग कुराकानी गरेर कमल परियारले तयार पारेको एक भिडिओ।

अनि यो पनि।