गृहिणीदेखि बडीबिल्डरसम्म: रोग लागेपछि यसरी फेरियो यी भारतीय महिलाको जीवन
Published
मस्तिष्कमा रगत जमेर बिरामी पर्दा किरण डेम्ब्ला सर्वसाधारण गृहिणीको जीवन व्यतीत गरिरहेकी थिइन्।
उनको स्वास्थ्यमा आएको समस्या निवारण भयो तर खानुपर्ने औषधिका कारण उनको तौल अत्यधिक बढ्यो।
किरणले त्यसविरुद्ध लड्ने विचार गरिन् र आफ्नो जीवनशैली परिवर्तन गरिन्।
उनी अहिले भारतमा अति कम सङ्ख्यामा रहेका महिला बडीबिल्डरमा पर्छिन्। उनी केही प्रख्यात व्यक्तिहरूकी प्रशिक्षक पनि बनेकी छन्।