१३औँ दक्षिण एशियाली खेलकुद: संगीता धामीले जितिन् कुस्तीमा नेपालको पहिलो स्वर्ण पदक

तस्बिर स्रोत, RSS
जनकपुरमा शनिवार सुरु भएको कुस्तीमा संगीता धामीले ५५ केजी तौल समूहमा बाङ्ग्लादेशलाई हराउँदै स्वर्ण पदक जितेकी छन्।
दक्षिण एशियास्तरमा भएका कुस्ती प्रतियोगिताहरूमा नेपालले स्वर्ण पदक जितेको यो नै पहिलो पटक हो।
धामीको जितपछि नेपालको स्वर्ण पदक सङ्ख्या ४३ पुगेको छ।
शनिवार बिहान नेपाली धावक किरण सिंहले म्याराथनतर्फ स्वर्ण पदक जितेका छन्।
सिंहले ४२ किलोमिटरको म्याराथन दुई घन्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरेका हुन्।
म्याराथनका रजत र कांस्य पदक भारतीय धावकहरूले जिते।

रशपाल सिंहले ४० सेकेन्ड पछाडि रहँदै रजत जिते भने शेर सिंह विजेताभन्दा ५० सेकेन्ड पछाडि रहेर कांस्यमा सीमित भए।
यो नेपालले यो सागमा जितेको ४२औँ स्वर्ण पदक हो।

महिलातर्फ श्रीलङ्कालाई स्वर्ण, नेपाललाई रजत
महिलातर्फ भने श्रीलङ्काकी हिरुनी विजारत्नेले दुई घन्टा ४१ मिनेट २४ सेकेन्डमा म्याराथन पूरा गर्दै स्वर्ण पदक जितिन्।
उनले नेपाली धाविका पुष्पा भण्डारीले नौ मिनेटभन्दा बढी समयले पछाडि पारिन्।
महिला म्याराथनमा कांस्य भारतकी ज्योति गावतले जितिन्।

यो पनि हेर्नुहोस्:























