दशैँ आयो...

Published

नेपालमा मनाइने सबैभन्दा ठूलो चाड दशैँको बिदा शुरू भएको छ। दशैँ झल्काउने गरी गत साता नेपालमा खिचिएका तस्बिरहरू यहाँ प्रस्तुत गरिएका छन्।

नेपाली सेनाको टुकडीले बढाइँ दिँदै
तस्बिरको क्याप्शन, काठमाण्डूको हनुमानढोकास्थित दशैँ घरमा धार्मिक विधिअनुसार घटस्थापना गर्दा नेपाली सेनाको टुकडीले बढाइँ दिएको थियो।
च्याङ्ग्रा
तस्बिरको क्याप्शन, दशैँलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट बिक्रीका लागि बाग्लुङ बजारमा ल्याउँदे गरेको च्याङ्ग्रा। दशैँमा खसीच्याङ्ग्राको मासु खाने चलन छ।
रामलीला
तस्बिरको क्याप्शन, नेपालगञ्जको साँस्कृतिक पहिचानको रूपमा रहेको ऐतिहासिक रामलीला मञ्चन गर्दै कलाकार। यो वर्ष रामलीलाको १५२औैँ संस्करण हो।
चङ्गा उडाउँदै बालकहरू
तस्बिरको क्याप्शन, काठमाण्डूको बल्खुमा चङ्गा उडाउँदै बालकहरू। दशैँमा चङ्गा उडाउन उपयुक्त मौसम हुने गर्दछ।
ढोरवाराही मन्दिरमा नवदुर्गा ज्ञान महायज्ञमा कलाकारहरू
तस्बिरको क्याप्शन, तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित ढोरवाराही मन्दिरमा नवदुर्गा ज्ञान महायज्ञमा कलाकारहरू नाटक प्रस्तुत गर्दै। दशैँको अवसरमा विभिन्न स्थानमा विशेषगरी भगवान राम र नवदुर्गाको नाटक देखाइने चलन छ।
पिङ
तस्बिरको क्याप्शन, नक्सालस्थित नारायण चौरमा पिङ लेखेर रमाउँदै स्थानीय बासिन्दाहरू। दशैँमा भुइँ छोड्नु पर्ने मान्यता रहिआएको छ।
काठमाण्डूको मैतीदेवी मन्दिर
तस्बिरको क्याप्शन, काठमाण्डूको मैतीदेवी मन्दिरको दर्शन गर्न लामवद्ध दर्शनार्थी।
पोखराको प्रसिद्ध मन्दिर विन्ध्यवासिनी
तस्बिरको क्याप्शन, पोखराको प्रसिद्ध मन्दिर विन्ध्यवासिनीमा भक्तजनको भिड। दशैँको घटस्थापनादेखि नौ दिन देवीहरूको मन्दिरमा दर्शन गर्न जाने चलन छ।