जडीबुटीबाट आत्मनिर्भर बन्दै जुम्लाका महिला
Published
घरायसी काम सकेर जुम्लाका महिलाहरू जडीबुटी सङ्कलन गरी त्यसको विक्रीबाट आत्मनिर्भर बन्न थालेको बताउँछन्।
घर नजिकैको वनमा र पाटन क्षेत्रमा पाइने जडीबुटी सङ्कलन गरेर विक्री गर्ने गरेका उनीहरूले त्यसबाट घरायसी खर्चका साथै छोराछोरीको पढाइ खर्च जुटाउन सहज भएको बताउँछन्।
कर्णाली क्षेत्रमा पाइने यार्सा गुम्बा, जटामसी, खिरौलो, सेता चिनी, पाखनबेद, सुगन्धवाल, गुच्ची च्याउ, रातो च्याउ, वन लसुन लगायतका जडीबुटी उनीहरू सङ्कलन गर्छन्।