शिवरात्रिमा साधुको चहलपहल

Published

पशुपतिक्षेत्रमा प्रत्येक वर्ष मनाइने महाशिवरात्रिमा पूजाअर्चनाका लागि देश-विदेशबाट आउने साधुहरू सबैको मुख्य आकर्षण हुने गरेका छन्।

शिवरात्रि
तस्बिरको क्याप्शन, बर्सेनि महाशिवरात्रि पर्वमा पशुपतिक्षेत्रमा विशेष चहलपहल हुने गर्छ।
शिवरात्रि
तस्बिरको क्याप्शन, महाशिवरात्रिको चहलपहलको प्रमुख आकर्षण नेपालका विभिन्न स्थान र भारतबाट आएका साधुसन्तहरू हुने गर्छन्।
साधुसन्त
तस्बिरको क्याप्शन, महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न हजारौँ हिन्दु धर्मावलम्बीको घुइँचो लाग्ने गर्छ।
शिवरात्रि-गाँजा
तस्बिरको क्याप्शन, शिवरात्रिको समयमा गाँजाको खपत बढ्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीको भनाइ छ।
शिवरात्रि
तस्बिरको क्याप्शन, प्रत्येक वर्ष महाशिवरात्रिमा लगभग ३ हजारको संख्यामा साधुसन्तहरू पशुपतिक्षेत्रमा भेला हुने अधिकारीहरू बताउँछन्।
पशुपति
तस्बिरको क्याप्शन, शिवरात्रिको अवसरमा हिन्दु धर्मावलम्बीहरूले रातभर जाग्राम बसेर भगवान् शिवको पूजाआर्चना गर्छन्।
पशुपति
तस्बिरको क्याप्शन, शिवरात्रिका समयमा साधुसन्तका अनेक रूप र क्रियाकलाप हेर्न पाइन्छ।