मित्रताको अर्को आयाम

Published

गोर्खा सैनिक भर्तीबाहेक नेपाल तथा ब्रिटेनबीच वनस्पति अनुसन्धानको क्षेत्रमा पनि निकट र ऐतिहासिक संपर्क रहेको छ। हेर्नोस् यी तस्वीरहरु

रोयल बोटानिक गार्डेन
तस्बिरको क्याप्शन, ब्रिटेनको भ्रमणमा आएका स्व. राजा महेन्द्र र महारानी रत्नले अक्टोबर १९६० मा एडिनबरास्थित रोयल बोटानिक गार्डेनको पनि भ्रमण गरेका थिए। साथमा गार्डेनका तत्कालिन रेजियस किपर डा. ह्यारोल्ड फ्लेचर
राजा महेन्द्र
तस्बिरको क्याप्शन, राजा महेन्द्रले बोटानिक गार्डनमा भोजपत्रको बिरुवा रोपेका थिए।
महारानी एलिजाबेथ द्वितीय
तस्बिरको क्याप्शन, नेपालको भ्रमणमा गएको बेला फेब्रुअरी १९८६ मा ब्रिटिश महारानी एलिजाबेथ द्वितीयले पनि गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा पुँवालेको बिरुवा रोपेकी थिइन्।
पुवाँलेको बिरुवा
तस्बिरको क्याप्शन, महारानी एलिजाबेथले रोपेको पुवाँलेको बिरुवा अहिले ३१ वर्षको वयस्क रुखको रुपमा गोदावरी उद्यानको शोभा बढाइरहेको छ।
नेपाली बगैंचा
तस्बिरको क्याप्शन, गत अक्टोबर महिनामा रोयल बोटानिक गार्डेनमा स्थापना गरिएको नेपाली बगैंचाको ब्रिटेनका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सोर्बसको बिरुवा रोपेर उद्घाटन गरेका थिए।
हर्बेरियम नमुना
तस्बिरको क्याप्शन, सो अवसरमा राजदूत सुवेदीलाई नेपालबाट ल्याईएको बिरुवाको हर्बेरियम नमुना पनि प्रदान गरिएको थियो
जैविक विविधता बगैंचा
तस्बिरको क्याप्शन, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा जैविक विविधता बगैंचा स्थापना गर्न रोयल बोटानिक गार्डनले सघाएको थियो।
वनस्पति अनुसन्धान
तस्बिरको क्याप्शन, नेपाल तथा ब्रिटेनबीचको सदियौं पुरानो संबन्धलाई सुदृढ पार्न दुई देशहरुबीच वनस्पति अनुसन्धानको क्षेत्रमा भैरहेका कामहरुले पनि मदत पुराइरहेको जानकारहरु बताउँछन्।