घडियाल संरक्षणमा 'सफलता'

Published

बर्दिया राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रले उक्त दुर्लभ जन्तुको संरक्षणमा सफलता मिलेको जनाएको छ।

घडियाल प्रजनन केन्द्र
तस्बिरको क्याप्शन, पश्चिम नेपालको ठाकुरद्वारास्थित बर्दिया राष्ट्रिय निकुञ्जले दशकौंदेखि गोही संरक्षणका प्रयास गर्दै आएको छ। यसै अनुरुप उसको घडियाल प्रजनन केन्द्रले पोहोर र यसपाली उल्लेखनीय सफलता हात पारेको जनाएको छ।
घडियाल प्रजनन केन्द्र
तस्बिरको क्याप्शन, यसपाली उक्त केन्द्रमा १४ वटा घडियालका बच्चा जन्मिएका छन्। पोहोर २४ वटा हुर्काइएको थियो। केन्द्रमा घडियालका अण्डालाई विशेष प्रकारले संरक्षण गरिने अधिकारीहरुले बताए।
घडियाल
तस्बिरको क्याप्शन, स्वच्छ पानी मन पराउने र ताजा माछा खाने घडियाल गोही संरक्षित जीव हो। प्राकृतिक वासस्थानमा यी जीवको संख्या नेपालभर ३ सयभन्दा केही बढी भएको अनुमान छ। बर्दिया राष्ट्रिय निकुञ्ज तथा चितवन कसरास्थित प्रजनन केन्द्रमा केही दर्जनको संख्यामा घडियाल गोही रहेका छन्।
घडियाल
तस्बिरको क्याप्शन, नेपालमा खासगरि नारायणी, राप्ती, कर्णाली र बबई नदीमा घडियाल पाइने बताइन्छ। नेपालमा दुई थरी गोही पाइन्छन् - घडियाल र मगर। घडियाल गोहीले स्वच्छ वातावरणको संकेत गर्ने संरक्षणविदहरु बताउँछन्।
घडियालको अण्डा
तस्बिरको क्याप्शन, घडियालको दुश्मन प्रदूषण तथा चोरीशिकार रहेको अधिकारीहरुको भनाइ छ। फागुन चैत ताका पारेका अण्डालाई बालुवामुनि उसले लुकाएको स्थानबाटै मानिसहरुले झिकिदिने र खाइदिने एवं उसको मासु र छालाका लागि मारिदिने जस्ता घटनाले ती गोही जोखिममा परेको बताइन्छ।
घडियाल
तस्बिरको क्याप्शन, भाले घडियालको मुखको टुप्पोमा हुने यस्ता घडा उक्त जीवको एक आकर्षण हो। धेरै ठाउँबाट लोप हुँदै गएको यो जीव हाल खासगरि दक्षिण एसियाको नेपाल र भारतमा पाइन्छ।
घडियाल
तस्बिरको क्याप्शन, हाल जन्मेका बच्चाहरु ३ वर्षको भएपछि बबई नदीमा छाडिदिने प्रजनन केन्द्रको योजना छ। (फोटो सौजन्य: रमेशकुमार थापा, प्रमुख संरक्षण अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्ज)