अहिलेसम्म हामीलाई के थाहा छ
भोटेकोशी-त्रिशूली बाढीको पाँचौँ दिनमा यस घटनासम्बन्धी मुख्यमुख्य अप्डेट यस प्रकार छन्।
- विनाशकारी बाढी आएको पाँचौँ दिन मृतकहरूको सङ्ख्या झन्डै ८०० पुगेको नेपाल प्रहरीले बताएको छ।
- खोज तथा उद्धारकार्य जारी रहँदा प्रभावित क्षेत्रका कतिपय जलविद्युत केन्द्रका सुरुङमा फसिरहेको ठानिएका कैयन् मानिसहरूसम्म पहुँच पुर्याउने जटिल कार्य जारी राखिएको बताइएको छ।
- पछिल्लो बाढीका कारण भएको कटानले काठमाण्डू जोड्ने एक मुख्य सडक पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यहाँ आवागमन अवरुद्ध छ।
- हिमपहिरोका कारण नेपाल-चीन सीमा क्षेत्रमा बनेको एउटा ताल फुटेको र त्यसको पानी बाहिर प्रवाह भइसकेको जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्।
- अब त्यस क्षेत्रमा रहेको अर्को त्यस्तै तालका कारण विगतमा जस्तो ठूलो विनाशकारी बाढीको जोखिम नरहेको आकलन गरिएको अधिकारीहरूले बताएका छन्।
यससँगै हामी आजका लागि यो पेजमा अप्डेटहरू स्थगित गर्दै छौँ। भोलि बिहान तथा महत्त्वपूर्ण जानकारी प्राप्त हुनासाथ हामी यसलाई पुनः सुरु गर्ने छौँ।
शुभरात्रि।













