बाढीले सर्वस्व खोसिएका बेला चाडपर्व : मानसिक स्वास्थ्यबारे ख्याल राख्नुपर्ने कुरा
गत भदौ महिनामा भोटेकोशी र त्रिशूली नदीमा अकस्मात् आएको विनाशकारी बाढीले कैयौँ मानिसका प्रियजन, धनसम्पत्ति र बस्ने घर समेत बगायो।
आफ्नै घरमा परिवारसँग रमाउँदै बसेका आएका मानिसहरू विस्थापित भए। तीमध्ये अधिकांश मानिस अहिले अस्थायी शिविरमा शरण लिएर बस्न बाध्य छन्। कैयौँ मानिसका परिवारसँगै छैनन्। यही बेला दशैँ र तिहारजस्ता चाडवाड आएका छन्।
सर्वस्व गुमाएका मानिसहरू चाडवाडको बेला आफ्ना प्रियजन र पुरानो सम्पत्ति सम्झेर एकोहोरिने अनि मानसिक रूपमा कमजोर हुने जोखिम रहन्छ। चाडवाडको बेला उनीहरूले आफ्नो ख्याल कसरी राख्न सक्छन् अनि उनीहरूलाई के कस्तो सहयोग आवश्यक पर्न सक्छ त?
यस विषयमा 'बीबीसी हातेमालो'का लागि सागर बुढाथोकीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत क्लिनिकल साइकोलजिस्ट सुरज शाक्यलाई सोधेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।