बाढीपछि विस्थापित भएर राजधानी पुगेका पीडितहरूलाई कस्तो सेवा उपलब्ध छ
गत भदौ महिनामा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापित भएका कैयौँ मानिसहरू शरण लिन काठमाण्डू आए।
प्रभावित जिल्लाहरूमा ठूलो सङ्ख्यामा मानिसहरू अस्थायी शिविरमा बस्दै आएका छन्। अनि उनीहरूलाई सरकारी निकायहरूले विभिन्न किसिमको राहत पनि उपलब्ध गराउँदै आएका छन्।
आफ्नो जिल्ला छोडेर अन्यत्र गएका बाढीपीडितहरू राहत पाउने प्रक्रियाबाट वञ्चित भइन्छ कि भनेर चिन्तित छन्।
तर केही संस्थाहरूले राजधानीमै उनीहरूको तथ्याङ्क सङ्कलन गर्ने, नियमित स्वास्थ्य जाँच गर्ने र राहत वितरण गर्ने काम गरेका छन्।
'बीबीसी हातेमालो'का लागि निरञ्जन राजवंशीले त्यस्तै कार्यमा संलग्न एक संस्थाका प्रतिनिधि उत्तम निरौलासँग प्रभावित मानिसहरूका लागि विशेष स्वास्थ्य शिविर सञ्चालन गरिएकोबारे कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।