बाढीले अस्तव्यस्त पठनपाठन, प्रभावित विद्यार्थीहरूका लागि अब शिक्षाको बाटो के
भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको एक महिनापछि प्रभावित क्षेत्रमा अस्थायी रूपमा पठनपाठन सुरु त भयो तर विद्यार्थीहरूले विभिन्न कठिनाइहरूको सामना गर्नुपरेको छ।
विद्यालय पुग्ने बाटोको समस्या, अन्य विद्यालयमा स्थानान्तरण हुँदाको पीडा, छात्रावासको अभाव र बालबालिकाको बदलिन पुगेको मनोविज्ञान मुख्य चुनौती बनेका छन्।
सरकारले 'पोस्ट डिजास्टर नीड असेस्मन्ट' (पीडीएनए) को प्रतिवेदन आएपछि मात्रै पठनपाठनको दीर्घकालीन समाधान खोजिने बताएको छ।
यद्यपि विज्ञहरूले भने विपद्को यो बेला विद्यार्थीहरूको पढाइलाई निरन्तरता दिन पारम्परिक शैलीभन्दा पनि सीपमूलक शिक्षामा विशेष जोड दिनुपर्ने औँल्याएका छन्।
प्रभावित विद्यार्थीहरूका लागि अब शिक्षाको बाटो कस्तो हुनुपर्छ? यसबारे बुझ्न 'बीबीसी हातेमालो'का लागि निरञ्जन राजवंशीले शिक्षाविद् प्रा विद्यानाथ कोइरालासँग कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।