बोर्ड परीक्षामा सहभागी हुनुपर्ने बाढीप्रभावित विद्यार्थीहरूलाई कस्तो सहयोग उपलब्ध छ
गत भदौ महिनामा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटसहितका जिल्लामा हजारौँ विद्यार्थीहरूको पठनपाठनमा ठूलो असर परेको छ।
विशेष गरी राष्ट्रिय बोर्ड परीक्षाको तयारीमा रहेका एसईई र १०+२ तहका विद्यार्थीहरू यो समस्याबाट बढी प्रभावित भएका छन्।
यस्तै सङ्कटको समयमा बाढीपछि पुनःसञ्चालनमा आएका स्कूलहरूले विद्यार्थीहरूको परीक्षाको तयारीलाई कसरी अगाडि बढाइरहेका छन् र उनीहरूको शैक्षिक भविष्य सुनिश्चित गर्न कस्तो सहयोग पुर्याइरहेका छन् त?
यस विषयमा 'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्माले रसुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक तेम्पा रिसाङ घलेसँग कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।