जीविकाको आधार रहेका पशुपन्छी नष्ट भएका किसानलाई सरकारले कस्तो राहत देला

भिडिओ क्याप्शन सुरु हुँदैछ, जीविकाको आधार रहेका पशुपन्छी नष्ट भएका किसानलाई सरकारले कस्तो राहत देला
जीविकाको आधार रहेका पशुपन्छी नष्ट भएका किसानलाई सरकारले कस्तो राहत देला
Published

भदौ महिनामा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण पशुपन्छी र मत्स्यपालनको क्षेत्रमा मात्रै १ अर्ब ३ करोड रुपैयाँ बराबरको क्षति पुगेको कृषि, वन तथा वातावरण मन्त्रालयको प्रारम्भिक अनुमान छ।

तीबाहेक सो क्षेत्रबाट हुने नियमित आम्दानीको लेखाजोखा हुन अझै बाँकी छ।

कतिपय ग्रामीण भेगको आयस्रोतको मुख्य आधार नै पशुपन्छी तथा मत्स्यपालन रहेकोमा त्यसमा पुगेको क्षतिले उनीहरूको समग्र आर्थिक शृङ्खलामै गम्भीर असर पुगेको सरोकारवालाहरू बताउँछन्।

यस्तो अवस्थामा त्यस्ता प्रभावित किसानहरूको राहतका लागि के-कस्ता काम भइरहेका छन् भन्ने विषयबारे बुझ्न 'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालसँग कुराकानी गरेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।