प्रभावित क्षेत्रमा राहत त पुग्यो तर गुणस्तर कसरी थाहा हुन्छ
भदौ महिनामा आएको विनाशकारीबाट प्रभावित क्षेत्रमा राहतस्वरूप पठाइएका तथा स्थानीय रूपमा उपलब्ध खाद्यान्नको गुणस्तर कायम गर्नु पनि उत्तिकै जरुरी हुन्छ।
अभावको समयमा त्यसतर्फ कम ध्यान जाने हुँदा स्वास्थ्यसम्बन्धी समस्या हुन सक्ने जोखिम रहेको जानकारहरू बताउँछन्।
राहतस्वरुप उपलब्ध भएका खाद्यान्नको गुणस्तर जाँच गर्न तथा स्थानीय बजार लगायतमा उपलब्ध खाद्यान्नका कारण प्रभावित उपभोक्ताको स्वास्थ्यमा कुनै किसिमको जोखिम नहोस् भन्नका लागि विभिन्न टोली बनाएर खटाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले यसबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसँग कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।