औषधि लिन हिँडेकी इन्डोनेशियाली महिला बनिन् अजिङ्गरको सिकार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
औषधि लिन हिँडेकी इन्डोनेशियाली महिला बनिन् अजिङ्गरको सिकार
Published

इन्डोनेशियामा एक महिलाको शरीर एउटा अजिङ्गरको पेटमा फेला परेको छ। आफ्नो बच्चाका लागि औषधि खोज्न भनेर घरबाट हिँडेकी ३६ वर्षे महिला हराएपछि खोजी गर्दा उनलाई अजिङ्गरले खाएको पत्ता लागेको थियो।

अजिङ्गर वा सर्पले हतपत मान्छेको सिकार गर्दैन। तर इन्डोनेशियामा एक महिनाभित्र यो घटनासहित दुई महिलालाई अजिङ्गरले निलेको छ।

स्थानीय पर्यावरणवादी अभियानकर्मीहरू वनफँडानीका कारण वन्यजीवको वासस्थान मासिएको हुँदा अजिङ्गर र मानिसबीच द्वन्द्व बढेको बताउँछन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।