मेलामा मृत्युसँग पौँठाजोरी खेल्दै यस्तो खतरनाक खेला

मेलामा मृत्युसँग पौँठाजोरी खेल्दै यस्तो खतरनाक खेला
Published

उत्तर भारतका विभिन्न स्थानमा मेला लाग्दा 'मौतको कुआँ' मा मानिसहरूको भिड लाग्छ।

त्यहाँ दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन प्रयोग गरेर डरलाग्दो खेला देखाइन्छ। त्यस्तो खेला देखाउनका लागि काठबाट इनारजस्तो विशाल संरचना बनाइएको हुन्छ।

तालिमप्राप्त मानिसहरूले त्यहाँभित्र मोटरसाइकल र कार चलाएर दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्छन्।

यो पेसाबाट मानिसहरू क्रमशः पलायन हुन थालेका छन्। तर बाँकी भएका मानिसहरू मृत्युसँग पौँठाजोरी खेल्दै किन यो जोखिमयुक्त काम गर्छन् त?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

काठबाट निर्मित इनारजस्तो विशेष संरचनाभित्र मोटरसाइकल र कार कुदाएर खेला देखाइन्छ