टी२० विश्वकपमा नेपालले टेस्ट राष्ट्रहरूलाई समेत हराउन सक्ने एन्ड्रू लिओनार्डको दाबी
- Author, कमल परियार
- Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
- Published
आयरल्यान्डमा जन्मिएका क्रिकेट कमेन्टेटर एन्ड्रू लिओनार्ड नेपाली क्रिकेट प्रशंसकमाझ चर्चित छन्।
धेरैको बुझाइमा उनले लामो समयदेखि नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन योगदान दिँदै आएका छन्।
नेपालले खेलेका बेला आफ्नो प्रस्तुतीकरणमा नेपाल र नेपालीको बखान गर्न नहिच्किचाउने र दर्शकहरूसँग सहजै घुलमिल हुन सक्ने उनको क्षमताका कारण उनलाई झन् प्रिय बनाएको छ।
बीबीसीसँग हालै लामो कुराकानी गरेका लिओनार्डले सन् २०२६ मा भारत र श्रीलङ्कामा हुन लागेको टी२० विश्वकपमा नेपालले टेस्ट राष्ट्रहरूलाई समेत हराउन सक्ने दाबी गरेका छन्।
विश्वकपमा नेपालले वेस्ट इन्डिज, बाङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटलीसँग खेल्ने तालिका सार्वजनिक भइसकेको छ।
लिओनार्ड ती खेलहरू हेर्न आफू उत्साहित रहेको बताउँछन्।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



