गाजामा विश्वकपका खेल हेर्ने व्यवस्था गरेका व्यक्ति इजरेली आक्रमणमा मारिए
गाजामा विश्वकपका खेल हेर्ने व्यवस्था गरेका कार्यक्रम आयोजक इजरेली आक्रमणमा मारिएका छन्।
मोहम्मद अल-वाहिदीले विश्वकपका खेलको प्रत्यक्ष प्रसारण सामूहिक रूपमा बसेर हेर्ने कार्यक्रम गरेका थिए।
उनले गत ७ जुलाईमा आर्जेन्टिना र इजिप्टबीचको खेलको प्रत्यक्ष प्रसारण पनि हेर्ने व्यवस्था गरेका थिए।
तर उनी सो खेल सुरु हुनुभन्दा केही घण्टाअघि नै मारिए।
आफू चढेको ट्याक्सीमा भएको क्षेप्यास्त्र हमलामा परेर उनी मारिएका हुन्।
उनी खाद्यान्न सहयोगको समन्वय गर्ने मानवीय सहायता अधिकारी पनि थिए। उनले गाजामा विस्थापितहरूको शिविर पनि व्यवस्थापन गर्दै आएका थिए।
सोही आक्रमणमा परी अन्य तीन जना मारिएका थिए। तीमध्ये दुई जना आठ र १० वर्षे दाजुभाइ पनि थिए।
इजरेली सेनाले आफूले हमासका कार्यकर्तामाथि आक्रमण गरेको बताएको छ।
तर आक्रमणमा असम्बन्धित व्यक्तिहरू मारिएको दाबीबारे आफू जानकार रहेको उसको भनाइ छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



