'विद्यार्थीबाटै आपत्तिजनक डीपफेक तस्बिर' : दक्षिण कोरियाली महिला शिक्षकहरू पनि पीडित

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'विद्यार्थीबाटै आपत्तिजनक डीपफेक तस्बिर' : दक्षिण कोरियाली महिला शिक्षकहरू पनि पीडित
'विद्यार्थीबाटै आपत्तिजनक डीपफेक तस्बिर' : दक्षिण कोरियाली महिला शिक्षकहरू पनि पीडित
Published

दक्षिण कोरियामा विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्ना शिक्षकको तस्बिर दुरुपयोग गरी आर्टिफिशल इन्टेलिजन्सममा आधारित प्रविधिमार्फत् 'अश्लील डीपफेक' तस्बिर बनाएको शिक्षकहरूले बताएका छन्।

त्यसरी बनाइएका तस्बिरहरू विभिन्न अन्लाइन माध्यममा राखिने गरेको उनीहरू बताउँछन्।

त्यसरी पीडित बनेकी एक शिक्षकले डिप्रेशनका कारण जागिर छाड्नुपरेको थियो भने प्रहरी अनुसन्धान नभएपछि कतिपयले आफैँ अनुसन्धान गर्नुपरेको थियो।

अधिकारीहरूका अनुसार दक्षिण कोरियामा 'डीपफेक'सँग सम्बन्धित समस्याबारे प्रहरीमा प्राप्त उजुरीको सङ्ख्या सन् २०२१ देखि २०२४ सम्म आइपुग्दा झन्डै दश गुना बढेको छ।

यस्तो समस्याको रोकथामका लागि अझ धेरै कदम चालिनुपर्ने शिक्षकहरूको भनाइ छ।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।