‘सगरमाथाको अन्तिम आरोहण छोरीहरूसँग गर्न मन छ’
यो वर्ष ११ औँ पटक सगरमाथाको आरोहण गरेर सबैभन्दा धरै पटक सगरमाथाको शिखरमा पुग्ने महिला बनेकी लाक्पा शेर्पालाई उनको अन्तिम आरोहण आफ्नो छोरीहरूसँग गर्ने इच्छा छ।
“मलाई हिमाल एकदम मन पर्छ। छोरीहरूसँगै सगरमाथा चढेर मात्र सगरमाथाको यात्राबाट विश्राम लिन मन छ” लाक्पा शेर्पाले बीबीसी न्यूज नेपालीलाई बताइन्।
आफ्ना तीन जना बच्चाहरूको हेरचाह गर्नुपर्ने जिम्मेवारीले गर्दा केही समयका लागि विश्राम लिनु परेको र अब भने बच्चाहरू हुर्किसकेका कारण फेरि निरन्तर सगरमाथा चढ्ने योजना उनले बनाएकी छिन्।
“मेरो स्वास्थ्य राम्रो भइरह्यो भने म ८० वर्षको उमेरमा पनि सगरमाथा चढेर देखाउँछु,“ उनले भनिन्।
सन् २००० मा लाक्पाले सगरमाथा चढ्दा चुचुरोमा पुगरे तल आउने पहिलो नेपाली महिलाको रेकर्ड बनाएकी थिइन्।
सन् २००३ मा भाइ र बहिनीसँगै सगरमाथा चढेर पनि अर्को रेकर्ड बनाइन्।
उनको सगरमाथा आरोहणको यात्रा र भावी योजना के छ? हेर्नुहोस् सृजना श्रेष्ठसँगको यो अन्तर्वार्ता।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






