इरानीहरू मारिएका आन्दोलनकारीको अन्तिम संस्कारमा किन नाच्दै छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
इरानीहरू मारिएका आन्दोलनकारीको अन्तिम संस्कारमा किन नाच्दै छन्
Published

इरानमा सरकारविरोधी आन्दोलनका बेला मारिएका युवायुवतीको अन्तिम संस्कार गर्दा परिवारजनहरूले नाचेको देखिने भिडिओहरू सार्वजनिक भएका छन्।

बिहे हुनुअघि नै ज्यान गुमाएका मानिसको अन्तिम संस्कार गर्दा सङ्गीत र नृत्य प्रयोग गर्ने इरानको पुरानो परम्परा हो।

अमेरिकास्थित ह्यूमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीका अनुसार इरानमा भएका विरोधप्रदर्शनमा अहिलेसम्म झन्डै ७,००० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। उक्त संस्थाले थप ११,००० जनाको मृत्यु भएको विवरणबारे आफूले अनुसन्धान गरिरहेको जनाएको छ।

इरानमा डिसेम्बर महिनाको अन्तिम सातामा सुरु भएको विरोधप्रदर्शन चर्किँदै देशव्यापी बनेको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।