युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपाली युवकलाई ‘ज्युँदै घर फर्काइदिन’ परिवारको आग्रह

भिडिओ क्याप्शन सुरु हुँदैछ,
युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपाली युवकलाई ‘ज्युँदै घर फर्काइदिन’ परिवारको आग्रह
Published

गत वर्ष उच्च शिक्षा हासिल गर्ने उद्देश्यसहित रुस पुगेका बर्दिया, राजापुर नगरपालिकाका २३ वर्षीय विवेक खत्रीको परिवार तथा आफन्तजनले उनको उद्धारमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन्।

रुसको पक्षमा लड्न भाडाको सैनिकका रूपमा भर्ती भएका भनिएका खत्री भिडन्तका क्रममा युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि भएपछि उनको परिवार थप चिन्तामा परेको हो।

झन्डै दुई सातादेखि विवेक खत्रीसँग सम्पर्क कायम गर्न नसकिएको र सरकारी निकायबाट समेत उद्धारबारे प्रतिक्रिया नपाएकोले आफूहरू चिन्तित बनेको परिवार तथा आफन्तको भनाइ छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।