एके-४७ कसरी चलाउने भनेर सिकाउँदै इरानी टीभी
इरानको सरकारी टीभीका एक प्रस्तोताले स्टूडिओमा रहेको यूएईको झण्डामा गोली हाने।
उनी एक्ला होइनन्, अन्य प्रस्तोताहरू पनि राइफल चलाउन सिकिरहेको टीभीमा देखिन्छ।
इरानका केही सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्तो तालिमको आलोचना गर्दै त्यसले "सैन्यकरण र हिंसा प्रवर्द्धन गरेको" आरोप लगाएका छन्।
रेभलूशनरी गार्डले सर्वसाधारणलाई एके-४७ चलाउन सिकाउने गरी सैन्य तालिम केन्द्रहरू स्थापना गरिएका छन्।
अमेरिका र इजरेलका विरुद्धको युद्ध बल्झियो भने लड्नका लागि तयार रहन सर्वसाधारणलाई प्रोत्साहन गरिँदै छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



