गाजामा नरसंहार गर्न उक्साउने गतिविधि रोक्न के इजरेलले पर्याप्त काम गरेको छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
गाजामा नरसंहार गर्न उक्साउने गतिविधि रोक्न के इजरेलले पर्याप्त काम गरेको छ
Published

गत ज्यानुअरी महिनामा संयुक्त राष्ट्रसङ्घको सबैभन्दा ठूलो अदालतले गाजामा नरसंहार हुने खालका सबै गतिविधि रोक्न सबै उपाय अवलम्बन गर्न आदेश दिएको थियो।

त्यस्ता गतिविधिमा नरसंहार गर्न उक्साउने वा त्यसलाई प्रोत्साहन गर्ने सार्वजनिक वक्तव्यहरू पनि पर्छन्।

इजरेलले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा आफूविरुद्ध हालिएको मुद्दा अस्वीकार्य भएको भन्दै नरसंहारको आरोपको खण्डन गरेको छ।

बीबीसी न्यूज अरेबिकले आईसीजेको अन्तरिम आदेशपछि इजरेलले कस्तो कारबाही गर्‍यो अनि इजरेलमा सार्वजनिक रूपमा के भनिँदै छ भनेर खोजेको छ।

ती टिप्पणीहरूको सन्दर्भमा कस्तो कानुनी तर्क गरिँदै छ?

के तिनले नरसंहार गराउन सक्छन्? अनि गाजामा खटेका इजरेली सैनिकहरू के भन्दै छन्?

हमासलाई पनि नरसंहार उक्साउने खालको बयानबाजी गर्ने गरेको आरोप लागेको छ।

के उक्त समूहका नेताहरूले गरेका टिप्पणीका लागि हमास उत्तरदायी बन्न सक्छ?

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।