फोन चलाउँदै गाडी हाँकेको आरोप लागेकी महिलाको एउटा हात नभएको देखिएपछि...
संयुक्त राज्य अमेरिकामा एक महिलालाई फ्लोरिडाको पामबीचमा कार चलाउँदै गर्दा दाहिने हातमा फोन समातेको आरोपमा एक प्रहरी अधिकारीले रोके।
क्याथ्लीन टोमसले आफ्नो दाहिने हात नभएको देखाएको भए पनि उनीविरुद्ध ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मुद्दा दर्ता भयो।
यो घटना फेब्रुअरीमा भएको थियो। तर यो साता ती प्रहरी अधिकारीले क्याथ्लीनविरुद्ध दर्ता गरिएको आरोप खारेज गर्ने प्रक्रिया सुरु गरेका छन्।
पामबीच काउन्टी शेरिफको कार्यालयले बीबीसीलाई बताएअनुसार "ती अधिकारीले देखेको आधारमा गाडी रोकेका थिए" तर थप समीक्षापछि तथा नियम कसरी उल्लङ्घन भयो भन्ने स्पष्ट नभएकाले मुद्दा फिर्ता लिन लागिएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



