भिन्नाभिन्नै अवसरका लागि छुट्टाछुट्टै नाक

भिडिओ क्याप्शन सुरु हुँदैछ,
भिन्नाभिन्नै अवसरका लागि छुट्टाछुट्टै नाक
Published

यूकेकी ४८ वर्षीया जेन हार्ड्मनलाई एउटा दुर्लभ अटोइम्यून रोग लागेको पत्ता लागेपछि शल्यक्रिया गरेर उनको नाक हटाउनुपरेको थियो।

अहिले उनीसँग थरीथरीका कृत्रिम नाकहरू छन्। तीमध्ये एउटालाई उनी "ड्रङ्क नोज" भन्छिन् जुन मदिरा पिएर मातेपछि छालामा देखिने रातोपनसँग मिल्दो देखिन्छ।

जेनले 'एएनसीए-पोजिटिभ भास्क्युलाइटिस' भनिने रोगबारे चेतना फैलाउन र अनुहार भिन्न देखिने मानिसहरूलाई सहयोग पुर्‍याउन आफूले सामाजिक सञ्जालमा आफूले भोगेका र जानेका कुराहरू बताउने गरेको बीबीसीलाई बताइन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।