गाजाका शरणार्थी भन्छन्, 'लडाइँले हामीलाई १०० वर्ष पछाडि धकेल्यो’

भिडिओ क्याप्शन सुरु हुँदैछ,
गाजाका शरणार्थी भन्छन्, 'लडाइँले हामीलाई १०० वर्ष पछाडि धकेल्यो’
Published

हमास र इजरेलबीच जारी लडाइँका कारण शरणार्थी शिविर छाडेर भाग्न बाध्य प्यालेस्टिनीहरूले आफू १०० वर्षअघिको दयनीय अवस्थामा पुगेको बताएका छन्।

अहिले एउटा अस्थायी शिविरमा आफ्नो परिवारका अरू ४० जनासँग बसिरहेका एक महिला र एक पुरुषले आफूले भोग्नुपरेको दुःखबारे बीबीसीसँग कुरा गरेका छन्।

आफूसँग भएको खानेकुरा बालबालिकालाई खुवाउन पनि पर्याप्त नभएको उनीहरू बताउँछन्।

गत महिना हमास समूहका लडाकुहरूले इजरेलमा अप्रत्याशित आक्रमण गरेर सयौँ मानिसलाई मारिदिएपछि इजरेलले गाजामा आक्रमण गरिरहेको छ। उक्त लडाकु समूहले २०० जनाभन्दा बढीलाई बन्धक बनाएर आफूसँगै लगेको थियो।

इजरेली कारबाहीका कारण हजारौँ प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ भने लाखौँको सङ्ख्यामा मानिसहरू विस्थापित भएका छन्। इजरेलले गाजास्थित अल-शिफा अस्पताल परिसरलाई हमासले प्रयोग गरेको भन्दै त्यहाँ कारबाही जारी राखेको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।