'५०० मिटर अग्लो छाल': अलास्का मेगासुनामी अहिलेसम्म थाहा भएकामध्ये दोस्रो ठूलो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'५०० मिटर अग्लो छाल': अलास्का मेगासुनामी अहिलेसम्म थाहा भएकामध्ये दोस्रो ठूलो
Published

गत वर्ष अलास्कामा एउटा पर्वत भत्किएर समुद्रमा खस्दा ५०० मिटर अग्लो छाल उत्पन्न भएको थियो। उक्त 'मेगासुनामी' अहिलेसम्म थाहा भएर अभिलेखमा परेकामध्ये दोस्रो ठूलो भएको वैज्ञानिकहरूले बताएका छन्।

वैज्ञानिकहरूले उक्त घटनालाई जलवायु परिवर्तनका कारण हिमनदी पग्लिँदा निम्तिन सक्ने जोखिमको एउटा ज्वलन्त उदाहरण मानेका छन्।

गत वर्ष उक्त घटना हुँदा त्यसबारे खासै चर्चा भएको थिएन।

तर एउटा नयाँ वैज्ञानिक विश्लेषणले ससाना भूकम्पहरूका कारण पहाड नै भत्किन पुगेको र ६.४ करोड क्यूबिक मिटर चट्टान पानीमा एकैपटक बज्रिएको देखाएको छ। त्यति चट्टान २४ वटा विशाल पिरामिडमा भए जति हो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।